जिन्दगी जिउन सजिलो छैन। पाइलापाइलामा संर्घष गर्नुपर्छ। ज्ञान, विवेक र हिम्मतबाट सफलता मिल्छ। त्यसैले समस्यासँग आत्तिएर होइन, बुद्धिमतापूर्ण ढंगले जुधेर समाधान खोज्नु पर्छ। अहिले हामी कोरोना भाइरसको महामारीमा छौं। त्यसो त बेलाबेलामा आउने महामारीले निश्चित भुगोलका बासिन्दालाई सताउँदै आएको थियो। यसपाली चाहिँ सिंगो संसारलाई नै कोभिड–१९ ले प्रभावित बनायो। दुःखी तुल्यायो। चीनको बुहानबाट सुरु भएको भाइरसले संसारभर साम्राज्य फैलाएको छ। चीन, भारत, बेलायत, अमेरिका, रुस लगायत देशका वैज्ञानिकहरू कोरोनाविरुद्धको खोप बनाइरहेका छन्। उनीहरू त्यसको परिक्षणमा जुटेका छन् । आशा गरौं अबको केही महिनामा त्यसले सफलता पाउनेछ। विकासका नाममा मानिसले प्रकृतिको दोहन गरेकैले कोरोना भाइरस फैलिएकामा शंका छैन। कोरोनाले विश्वलाई एउटा गतिलो पाठ सिकाएको छ–प्रकृतिप्रेमी बनौं। प्रकृतिमैत्री जीवनशैली अपनाऔं।
भाइरस महामारी र लकडाउनका कारण अर्थतन्त्र थलियो। नेपालको मात्र होइन, संसारकै। नेपालमा पनि विसं २०७६ चैत ११ देखि लकडाउन सुरु भएसँगै आशा र उत्साहमा ब्रेक लाग्यो। धेरै कुरा ठप्प भए। हामी घर भित्रै बन्दी बन्यौं । मनमा उकुसमुकुस बढ्यो। हाम्रो देशमा पनि आन्तरिक हवाई उडान रोकियो। बन्दाबन्दी झण्डै ६ महिना नै चल्यो। संक्रमण रोक्न अथवा फैलन नदिन लकडाउन त गरियो तर आवश्यक शर्तकता अपनाइएन। त्यसैले संक्रमण रोकिएन बरु झन्झन बढ्दै गयो। लकडाउनका कारण गरिखाने वर्ग ठूलो मारमा प¥यो। अन्ततः सरकारले लकडाउन खुकुलो बनायो। आन्तरिक हवाई उडान रोकिएको १८० दिन पछि विसं २०७७ असोज ५ गतेदेखि फेरि उडान सुरु भयो। यसरी उडान सुरु हुनु भन्दा महिनौं अघिदेखि नेपालको अग्रणी हवाई कम्पनी बुध्द एयरले आफैं ‘सुरक्षा निर्देशिका’ बनाएर आन्तरिक रुपमा संक्रमणरहित उडानको अभ्यास गर्दै आएको थियो।
हाम्रो जहाजहरूमा हावाको वहाव प्रणाली एकदमै सुरक्षित र संक्रमणरहित छन् । यसले हरेक ३ देखि ५ मिनेटको अन्तरालमा पुरानो हावालाई विस्थापन गर्दै नयाँ हावा प्रवाह गर्दछ । - ATR Aircraft Manufacturing Company
आज फेरि हवाई उडानमा यात्रुहरूको आकर्षण बढ्दै गएको छ। आशाको दियो चम्किलो बन्दैछ। बसमा घन्टौं वा दिनभर लगाएर गरिने यात्रामा भन्दा छोटो समयमा गरिने हवाई उडानमा संक्रमणको जोखिम एकदमै न्यून हुन्छ। केही समय अघि अमेरिकी संस्थाले गरेको अध्ययनअनुसार विमानमा संक्रमणको जोखिम न्यून छ। बुध्द एयरले पनि एटिआर ४२ र ७२ सिरिज र बीचक्राफ्ट १९०० ‘डी’ विमानहरु मार्फत यात्रुलाई सेवा दिँदै आएको छ। नेपालमा पनि विमान कम्पनीका कर्मचारी, यात्रु र विमानस्थलको त्रिपक्षीय प्रयासमा सुरक्षित उडान हुँदै आएको छ। काठमाडौंबाट सबैभन्दा छोटो दूरी सिमरामा १५ मिनेटको उडान हुन्छ भने सबैभन्दा लामो दूरी धनगढीमा १ घन्टा पाँच मिनेटको।
अहिले हवाई टिकट पनि सस्तो भएको छ। सस्तोमा छिटो गन्तव्यमा पुग्न पाउनुलाई यात्रुहरूले अवसरका रुपमा लिएका छन्। उनीहरूले हवाई यात्रालाई भरपर्दो र संक्रमणरहित मानेका छन्। बुध्द एयरको नारा छ– ‘संक्रमणरहित उडानको सहयात्री’। कम्पनीले ‘सेफ पास टु ट्राभल’ नीतिमा जोड दिएको छ। अँग्रेजी शब्द पासको ‘पि’ले प्यासेन्जर (यात्रु), ‘ए’ले एयरपोर्ट (विमानस्थल), ‘एस’ले एरक्राफ्ट (विमान) र अर्को ‘एस’ ले स्टाफ (कर्मचारी)लाई जनाउँछ। अर्थात सुरक्षित उडानका लागि यात्रु, विमानस्थल, विमान र कर्मचारी सबैको उत्तिकै भूमिका हुन्छ।
चामबहादुर पुन
कोरोनाको महामारीका बेला पोखराबाट काठमाडौं आउँदा बुध्द एयर चढ्ने मौका मिल्यो । पहिलोपटक फेस सिल्ड लगाएर यात्रा गर्दा बेलायती सेनामा काम गर्दाको सम्झना आयो । सेनामा जसरी अनुशासित हुनुपर्छ त्यसैगरि हवाई यात्रामा पनि हामी अनुशासित बन्नुपर्छ । हामी सबै मिलेर महामारीमा सुरक्षित बन्नु पर्छ ।
शारदा ढकाल
मास्क र फेस सिल्ड लगाएर काठमाडौंबाट विराटनगरसम्म पहिलो पटक हवाई यात्रा गरें । ३५ मिनेटको यात्रामा आफूलाई सुरक्षित महशुस गरें । नौलो तर रमाइलो अनुभव भयो । फेस सिल्ड लगाउँदा गर्मी हुँदो रहेछ । बडादशैंको मुखमा गरिएको यो यात्रा जिन्दगीकै अविस्मरणिय यात्रा बन्न पुग्यो ।
बुध्द एयरले सुरक्षित हवाई यात्राको अभ्यास गर्दै आएको छ। कम्पनीले आफ्नो निर्देशिकामा यात्रु र आफ्ना कर्मचारीले अपनाउनु पर्ने सर्तकताबारे उल्लेख गरेको छ। कर्मचारीलाई तालिम दिएर दक्ष बनाएको छ भने यात्रुलाई सुरक्षित रहन आग्रह गर्दै आएको छ। अब कुरा गरौं यात्रुको दायित्वबारे। यात्रुले उडान समय भन्दा कम्तिमा डेढ घन्टा अघि विमानस्थलमा रिपोर्टिङ गर्नु पर्नेछ। यात्रुहरूले मास्क र सेनिटाइजर लगाएर मात्र विमानस्थलमा प्रवेश पाउँछन्। ई–टिकेटबाट चेकिङ गरि आफ्नो ब्यागेज तराजुमा राख्नु पर्नेछ। विमानस्थलमा दुईपटक यात्रुहरूको शरीरको तापक्रम परिक्षण र हात स्यानिटाइज गरिन्छ। हरेक यात्रुले फाराम भरेर आफूमा कोभिड–१९को संक्रमण नभएको स्वघोषणा गर्नु पर्नेछ।
जहाज चढ्दा र ओर्लंदा कम्तिमा एक मिटरको भौतिक दूरी कायम गराइन्छ । यात्रुलाई कम्पनीले फेस सिल्ड व्यवस्था गर्छ। कोभिड–१९ का लक्षण भएकाहरूले जहाज चढ्न पाउँदैनन्। महिलाको हयाण्ड क्यारी र ल्यापटप बाहेक अन्य व्याग विमानमा लान निषेध गरिएको छ। साथै विमानभित्र हिँडडुल गर्न पाइन्न। विमानको शौचालय प्रयोगमा निषेध गरिएकाले कि त विमान चढ्नु अघि कि त विमानबाट ओर्लेपछि विमानस्थलको शौचालय प्रयोग गर्न सकिनेछ। यात्रा अबधिभर यात्रुले मास्क सहित फेस सिल्ड अनिवार्य लगाउनु पर्नेछ। अनुशासित र सहयोगी वातावरणले नै संक्रमण न्यूनिकरणमा टेवा पुग्छ।
बुध्द एयरले कर्मचारीलाई पनि संक्रमणरहित बनाउन भरमग्दुर प्रयास गर्दै आएको छ। हरेक कर्मचारीको तापक्रम जाँचेर हात सेनिटाइज गरिन्छ। उनीहरूलाई आवश्यक तालिम दिएर स्वास्थ्य सुरक्षाप्रति सर्तक बनाएको छ। विमान परिचारिका लगायतका कर्मचारीलाई पिपिई सेट उपलब्ध गराइएको छ। हरेक कर्मचारीले मास्क तथा फेस सिल्ड लगाएर सामाजिक दूरी कायम गरि यात्रुसँग कुराकानी तथा व्यवहार गर्नेछन्। त्यस्तै धावनमार्गदेखि विमानसम्म लैजाँदा बसमा सामाजिक दूरी कायम गरि यात्रुलाई सिटमा बसाइनेछ। हवाई यात्रासँग सम्बन्धित ब्यागेज ट्रली, ट्रान्सपोर्ट भ्यान लगायत यातायातका साधनहरू प्रयोग पछि सेनिटाइज गरिन्छ।
हरेक उडान पछि विमानको सरसफाई तथा डिसइन्सफेक्ट गरिन्छ। पटकपटक प्रयोगमा आइरहने ढोकाका हयाण्डल, रेलिङ लगायतलाई निश्चित समयको अन्तरालमा स्यानिटाइज गरिने बुध्द एयरले जनाएको छ। कोरोना विरुद्धको लडाईं एक्लै जित्न सकिँदैन। हामी सबै नागरिक मिलेर हातेमालो गर्नुपर्छ। अन्त्यमा, सधैं कोरोनासँग डराएर हुँदैन। जिन्दगी त चलाउनै पर्छ। हामी कोरोनाको डरले जिन्दगीबाट भाग्न सक्दैन। भाग्न मिल्दैन पनि। आखिर एक दिन हामीले कोरोनालाई जित्नेछौं। त्यतिन्जेल जिम्मेवार भएर काम गरौं। जिम्मेवार बनेर खाना खाऔं। जिम्मेवार बनेर यात्रा गरौं। र, जिन्दगीका गाँठा फुकाएर जीवनलाई अगाडि बढाऔं। अँध्यारो रात पछि उज्यालो बिहानी पक्कै आउने छ ।