Surveillance on Flight Safety

Surveillance on Flight Safety

हवाई यात्राको फाइदासँगै सुरक्षा सुनिश्चितताको पाटो पनि महत्त्वपूर्ण रुपमा जोडिएको हुन्छ । हवाई सुरक्षामाथि नै संसारभरको उड्डयन उद्योग अडिएको छ । कोभिड महामारीपछिको तथ्याङ् हेर्दा संसारभर दैनिक १ लाख हाराहारी व्यावसायिक उडान हुने गरका छन्। त उडानबाट दैनिक १ करोड २० लाख यात्रुको आवागामन हुने गरको छ। उडान सुरक्षामा प्रविधिको भूमिका महत्त्वपूर्ण हुन्छ । अहिलेका जहाजहरूमा परिष्कृत नेभिगेसन र सञ्चार प्रणालीसँग जोडिएका छन् । अत्याधुनिक सुरक्षा सुविधासहित उन्नत अटोपाइलट क्षमता विमानमा छन् ।

पछिल्लोपटक जहाजमा जडान भएको ट्राफिक कोलिसन एभ्वाइडेन्स सिस्टम (टिकास) र इन्हान्स्ड ग्राउन्ड प्रोक्सिमिटी वार्निङ सिस्टम (इजीपीडब्लुएस्)ले जहाजलाई मध्यआकाश र जमिनमा हुन सक्ने टकराबलाई एकदमै कम गरिदिएको छ । यी दुई यन्त्रलाई हाम्रो जस्तो भूगोलका लागि वरदान नै मानिएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ), अमेरिकाको सङ्घीय उड्डयन प्रशासन (एफएए), युरोपीय सङ्घ अन्तर्गतको उड्डयन सुरक्षा एजेन्सी (इएएसए) जस्ता संस्थाहरूको स्थापनाले विश्वभर हवाई सुरक्षालाई अझ बलियो बनाएको छ । 

यी संस्थाहरूले आवश्यक नियम बनाउछन्, जुन वायुसेवा कम्पनी, जहाज निर्माता र विमानस्थल सेवा सञ्चालन गर्ने निकायहरूले अनिवार्य पालना गर्नुपर्छ । यात्रुहरूका लागि उडान सुरक्षा पहिलो प्राथमिकतामा राखिएको हुन्छ । प्रविधिको विकास, मानवीय कारण र नियमनकारी निकायसहितको एकसाथ प्रयासले मात्र यो सम्भव हुन्छ ।

नेपालमा नागरिक उड्डयन प्राधिकरण उड्डयन सुरक्षासम्बन्धी नियामक निकाय हो । यस अन्र्तगत एभिएसन सेफ्टी तथा सेक्युरिटी नियमन निर्देशनालय (एएसएसआर) छ । पाइलटदेखि जहाज, एयरलायन्स, इन्जिनियरहरूको नियमन यही निकायले गर्दछ ।

प्राधिकरणका उपहानिर्देशक नवीना कर्माचार्यका अनुसार यस निर्देशनालयले उडान सुरक्षा अभिवृद्धि गर्न नियामकीय कार्यलाई ५ वटा डिर्पाटमेन्ट तथा एउटा डिभिजनलाई तोकेको छ । यसमा विमानस्थलको मापदण्ड, पूर्वाधार, इलेक्ट्रोमेकानिकल, उद्धार तथा अग्निनियन्त्रक सेवासहित नियमन तथा प्रमाणीकरण गर्न एरोड्रोम सेफ्टी स्ट्यान्डर्ड विभाग छ ।

एयर ट्राफिक सेवा, सञ्चार, नेभिगेसन र निगरानी, मौसमसम्बन्धी सेवा, खोज तथा उद्धार, एरोनटिकल सूचना सेवाहरूको विकास तथा निरीक्षण गर्न एयर नेभिगेसन सर्भिसेस सेफ्टी स्ट्यान्डर्ड विभाग रहेको छ । यसले एयर ट्राफिक र एयर ट्राफिक सेफ्टी इलेक्ट्रोनिकसँग सम्बन्धित कर्मचारीका इजजातपत्र सम्बन्धी मुद्दाहरू पनि हेर्दछ ।

नेपालभित्र र बाहिरबाट हुने हवाई यातायातसँग सम्बन्धित सेवाहरू, चार्टर्ड उडान अनुमति लगायतका काम गर्न एयर ट्रान्सपो र्ट डिभिजन रहेको छ । 

उडानसँग जोडिने यात्रु, चालकदल, भूमिस्थ कर्मचारीसँग सम्बन्धित गैरकानुनी क्रियाकलाप, उनीहरूको सुरक्षालाई सुनिश्चित गर्न एभिएसन सेक्युरिटी विभाग छ ।

नेपालमा स्टेट सेफ्टी प्रोग्राम (एसएसपी) कार्यान्वयन गर्न सेफ्टी म्यानेजमेन्ट डिभिजन रहेको छ । यसले नेपालले पालना गर्नुपर्ने अन्तर्राष्ट्रिय स्तरका उडान सुरक्षाका दायित्व, विभिन्न अडिटबाट प्राप्त हुने सुझाबलाई अवलम्बन गर्दै देशको हवाई सुरक्षा क्षमता वृद्धि गर्ने, उड्डयन सुरक्षा रणनीति बनाउने, उड्डयन सुरक्षा विकास तथा कार्यान्वयन गर्ने लगायतका काम गर्छ ।

एभिएसन सेफ्टी तथा सेक्युरिटी नियमन निर्देशनालय (एएसएसआर) अन्र्तगत रहेको महत्त्वपूर्ण विभाग हो, फ्लाइट सेफ्टी स्ट्यान्डर्ड डिर्पाटमेन्ट (एफएसएसडी) । नेपालमा वायुयान दर्ता गर्ने, दर्ता भएका वायुसेवा कम्पनीलाई उडान सञ्चालनका लागि अनुमति दिने, जहाज उडाउने पाइलट तथा विमान मर्मत गर्ने इन्जिनियरहरूसँग सम्बन्धित परीक्षा लिने, इजाजतपत्र दिने काम पनि काम पनि यसैको हो ।

उडान सुरक्षा मापदण्डबार नियामक निकाय हो , फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभाग (एफएसएसडी) । नेपालका विभिन्न सेवा प्रदायक वायुसेवा लगायतका कम्पनीहरूको सुरक्षा निगरानी एजेन्सीका रुपमा यो मुख्य जिम्मेवार छ । कुनै पनि वायुसेवाका वायुयानलाई कहिले मर्मत गर्ने, पार्टपुर्जा तथा उपकरण फेरबदल कहिले गर्ने भनी प्राधिकरणले थुप्रै नियमहरू नै बनाएको छ । यसको पालना भए नभएको हेर्ने यही विभाग मुख्य जिम्मेवार निकाय हो ।

यसले नेपालमा उडिरहेका हरक जहाजलाई उडान योग्यताको प्रमाणपत्र जारी गरको हुन्छ । ती विमानका इन्जिन तथा अरु पार्टपुर्जाहरूको कहिलेकहिले मर्मत गर्ने भनी यसैले तोकिदिएको हुन्छ । बुद्ध एयरका इन्जिनियर मंगेस थापाका अनुसार, संसारभर कुनै पनि विमानको उडानअघि अनिवार्य प्राविधिक जाँच तथा निरीक्षण हुन्छ । यस्तो जाँचमा जहाजको सरसर्ती अवलोकनदेखि सूक्ष्म जाँच हुन्छ । जहाजका उपकरण र यन्त्रको दैनिक इन्सेपेक्सनबाहेक समय (घण्टा), साइकल (ल्यान्डिङ) र क्यालेन्डर (हप्ता–महिना–वर्ष) मा आधारित जाँच हुन्छन्।

प्राधिकरणले यो विभागमा नेपालमा उडानमा रहेका फिक्स्डविङ (जहाज) तथा हेलिकप्टरको प्रकार अनुसार निरीक्षण गर्ने इन्स्पेक्टर राखेको छ । ती केही अवकाशप्राप्त पाइलट छन् । केही एरोनटिकल इन्जिनियर, क्याबिनक्रु, चिकित्सक आदि छन् । उनीहरूलाई कुनकुन वायुसेवा, जहाजको प्रकार हेर्ने जिम्मेवारी तोकिएका हुन्छ । पाइलटको स्वास्थ्य, मनोभावदेखी जहाजको विस्तृत प्राविधिक अवस्थासम्मको निरीक्षण तथा निगरानी यही विभागबाट गरिन्छ ।

जहाजको आयु तीनवटा विषयमा निर्भर रहन्छ । कुनै पनि उपकरण वा यन्त्रको जीवन एउटा घण्टा (कति समय), अर्को साइकल (कति ल्यान्डिङ) र तेस्रो क्यालेन्डर (हप्ता, महिना, वर्ष) मा निर्भर हुन्छ ।

लाइन मेन्टिनेन्समा होस् वा ह्याङ्गरमा रहने प्राविधिक र इन्जिनियरले गरका मर्मतसम्बन्धी सबै कामलाई यो विभागका प्राविधिक कर्मचारी तथा निरीक्षकले सूक्ष्म ढङ्गले अवलोकन गरीरहेका हुन्छन् । विभागका निरीक्षकहरूले जहाज मर्मतसम्भारमा मापदण्ड पालना भए/नभएको नियमित निरीक्षणबाहेक आकस्मिक जाँच पनि गर्छन्। विमानका सम्पूर्ण मर्मतसम्भारसम्बन्धी जानकारी रहने ‘लगबुक’ पनि हेर्छन्। Air Transport Support Centre Certificate

नियमित मर्मतसम्भार बाहेक सुरक्षाका दृष्टिकोणले कुनै वायुयानको आकस्मिक मर्मतसम्भार गराउनुपर्ने वा त्यसको कुनै पार्टपुर्जा फेर्नुपर्ने भएमा इन्जिनियरले मनपरी गर्न पाउँदैनन् । प्राधिकरणले यसबार कानुननै बनाएको छ । यो कानुनले भनेको छ, ‘यदी कुनै वायुयानको आकस्मिक मर्मत वा पार्टपुर्जा फेर्नुपर्ने भएमा महानिर्देशकले सम्बन्धित वायुसेवा सञ्चालक संस्था वा इन्जिनियरलाई आदेश दिन सक्ने छ।’

जुनसकुै कम्पनीको पार्टपुर्जा फेरबदल गर्न पनि पाइँदैन। त्यो प्राधिकरणमा सूचीकृत भएको कम्पनीको आधिकारिक उत्पादन वा अनुमति प्राप्त मर्मत संस्था (एमआरओ) हुनै पर्छ । यी सबै प्राविधिक कामबारे प्राधिकरणले एनेक्स तथा म्यानुअल बनाएको छ । त्यसमा तोकिएको हुन्छ । जहाज मर्मतसम्भारमा प्राधिकरणले देखेको छैन भनी वायुसेवा कम्पनीले जथाभाबी गर्न पाउँदैन । यदि यस्तो पाइएमा प्राधिकरणको कानुनले महानिर्देशकलाई इजाजतपत्र खारज गर्ने सम्मको अधिकार दिएको छ ।

‘कुनै व्यक्ति वा संस्थाले उडान सुरक्षालाई असर पर्ने गरी वायुयानको नियमित तथा आकस्मिक मर्मतसंभार सम्बन्धी अभिलेखमा झुटो विवरण राख्ने वा विवरण हेरफेर गर्ने वा विवरणमा कुनै किर्ते कार्य गरमा वा गरको पाइएमा महानिर्देशकले त्यस्तो व्यक्ति वा संस्थाको इजाजतपत्र, अनुमतिपत्र वा प्रमाणपत्र निलम्बन गर्ने वा खारज गर्ने आदेश दिन सक्नेछ,’ नागरिक उड्डयन नियमावलीमा लेखिएको छ ।

यो विभागको मुख्य काम नेपालमा जहाज दर्ता गर्ने, अनुमतिपत्र निलम्बन गर्ने, विदेशी वायुयानको उडान सुरक्षा सुपरिवेक्षण गर्ने, जहाज भाडा लिन/दिन कानुनी व्यवस्था
गर्ने, उडान योग्यताको प्रमाणपत्र दिने, वायुयानको मर्मतसम्भारको अभिलेख राख्ने हो ।

त्यस्तै विदेशमा रहेका वायुयानका पार्टपुर्जाको उत्पादन गर्ने, जहाजको विस्तृत मर्मत (ओभरअल) गर्ने संस्थालाई अनुमति दिने/रद्द गर्ने, जहाजका पार्टपुर्जा आयातनिर्यात गर्ने संस्था/एजेन्टलाई नेपालमा अनुमति दिने लगायतका प्राविधिक काम पनि यसै विभागले गर्छ ।

त्यस्तै व्यक्तिगत इजाजतपत्र, रटिङ प्रमाणपत्र तर्फ पाइलट, इन्जिनियर, डिस्प्याचर, क्याबिनक्रु लगायतको स्वास्थ्य मापदण्ड बनाउने, परीक्षा लिने जस्ता काम पनि यसै विभागले गर्छ।

यी सबैकामलेउडान सुरक्षालाई अभिवृद्धि गर्छ । सेफ्टी बेल्टबाट सुरु हुने उडान सुरक्षामा चालकदल, उनीहरूको प्रशिक्षण, मौसमको अवस्था, एयर ट्राफिक र पाइलटबिच हुने उचित समन्वय, भरपर्दो तथा उन्नत राडार प्रणाली, नेभिगेसन, सुरक्षा प्रोटोकल, उड्डयन नियम/मापदण्ड, वायुसेवा कम्पनीको सञ्चालन दक्षता लगायतले हरक उडानलाई गन्तव्यमा सुरक्षित अवतरण गराउन योगदान पुर्याउँछन्।

नेपालको उडान सुरक्षा क्षमता कस्तो छ भन्ने विषयमा संयुक्त राष्ट्र संघ अन्र्तगतको उड्डयनसम्बन्धी नियमन गर्ने निकाय (आइकाओ)ले २०२२ मा प्रकाशित गरको उडान सुरक्षा सम्परीक्षण अडिटको परिणाम तथा सिफारिस परिपालना दरमा नेपालले ७१.१० प्रतिशत अङ्क प्राप्त गरको छ । यो विश्वव्यापी तथा एसिया प्रशान्त क्षेत्रको औसत दरभन्दा माथि हो।

तर, यतिमै नेपालले सन्तुष्ट हुने ठाउँ भने छैन। आइकाओले बारम्बर उठाउदै आएका विषयलाई सरकारले प्राथमिकता दिई सम्बोधन गर नेपालको उडान सुरक्षा निगरानी क्षमता अझै सुदृढ हुन्छ।