ATR 72-500aircraft life cycle

Know the Life Cycle of an ATR Aircraft

Know the Life Cycle of an ATR Aircraft

नामै ‘वायुयान’ अर्थात् अकाशमा उड्ने यन्त्र । यसलाई सड्कमा गुड्ने गाडीसँग दाँज्नै मिल्दैन । २० औं हजार किलो भएको जहाज आकाश उड्नु परिधि, विधि तथा पूर्ण नियन्त्रीत र अनुगमनका कडिकडाउ शर्तहरु तोकिएका हुन्छन् । एटीआर विमान निर्माताले जहाज मोडलको आयु विभिन्न अध्ययन अनुसन्धान र परीक्षण गरि तय गरेका हुन्छन् । यसलाई थप पुष्टि र सुरक्षित गर्न विभिन्न अन्तर्राष्ट्रिय नियमन निकायहरुले पनि विभिन्न चेकजाँच गरि प्रमापत्रपत्र दिएका हुन्छन् । वायुसेवा सञ्चालक कम्पनीहरुले विमान निर्माता कम्पनी तथा त्यस देशका अनुगमन निकायले जारी गरेको दिशा निर्देशलाई अक्षरशः लागु तथा पालना गर्नुपर्छ । अन्यथा दण्डका भागीदार मात्रै होइन सेवा नै स्थगित गर्नुपर्ने हुन्छ । 

एटीआर विमानको आयु वर्ष समयमा होइन ‘चक्र’ [cycle] मा निर्धारण गरिएको हुन्छ । अर्थात् १ उडान + १ अवतरण = १ चक्र । यो आयु धेरै उडान गरेको खण्डमा थोरै समयमा सकिन्छ भने कम उडान गरेको खण्डमा धेरै वर्ष टिक्छ । आयु सकेपछि सो जहाजलाई उडानसेवाबाट वञ्चित गरिन्छ । कतिपय देशमा यसलाई नष्ट गर्ने चलन पनि रहेको छ । विमानभित्र हजारौं हजार पार्टपूर्जाहरु हुन्छन् । हरेकको निश्चित आयु तोकिएका हुन्छन् भने केहीको नबिग्रन्जेलसम्म चलाउन मिल्छ । विमानलाई सुरक्षित र व्यवस्थीत रुपले सञ्चालन गर्न निर्माता कम्पनीले तोके अनुसारको नियमित मर्मत सम्भार गर्नुपर्छ, जुन बिग्रेको पार्टपूर्जा मात्र फेरेर हुँदैन । आकाशमा उड्ने विमानको शरिर Fuselage पखेंटा, पुच्छर ठीक अवस्थामा छ कि छैन, यसलाई छोपेका पाताहरु र सयौं हजारौं पेंचहरु ठीक छ छैन, खिया लागेको छ छैन, भित्रका लाखौं तारहरु, कडीहरु ठीक अवस्थामा छ छैन भन्ने चेकजाँच निर्माताले तोकेको समयमा सबै कुरा खुलाई सुक्ष्म निरिक्षण र हस्तक्षेप गर्नुपर्ने हुन्छ । 

एटीआर विमानलाई यसरी व्यवस्थीत गर्न ह्यांगरको व्यवस्था नभईकन सम्भव नै छैन । त्यसैकारण बुध्द एयरले करिब १० वर्ष अगाडी रु. २५ करोडको लगानीमा दक्षिण एसियाकै नमुना ह्यांगर निर्माण गरि सञ्चालनमा ल्याएको छ । त्यस्तै एटीआर विमानको मर्मत सम्भार र निरिक्षण गर्ने सबै विशेष औजारहरु राखेका छन् । करिब ११२ करोड भन्दा बढीको जहाजका पार्टपूर्जा मौज्दात रहेका छन् ।  विमान निर्माता कम्पनीले प्रमाणित गरेको प्रशिक्षकहरुबाट तालिम प्राप्त र प्रमाणित दक्ष १९१ प्राविधिकहरुले मर्मत सम्भार रखराखवका लागि अहोरात्र खटिएका छन् । 

बुध्द एयर सबै प्रकारका मर्मत सम्भार गर्न सक्षम छ । मर्मत सम्भारका लागि विदेश जानु पर्दैन । बरु विदेशी जहाजहरुलाई पनि मर्मत सम्भारका सेवा उपलब्ध गराईरहेको छ । बुध्द एयरले विगतमा विभिन्न कम्पनीका जहाज तथा विशिष्ट पाहुनाहरुको जहाज रखरखाव गरेको यहाँ उल्लेख गरिराख्नु पर्दैन । नेपालमा प्रेसराईज्ड नयाँ जहाज नै खोज्ने हो भने त्यो नेपाल वायु सेवाका दुईवटा ‘एमए ६०’ मात्रै रहेको छ । अकाशमा उड्दा यहाँसँगै १० औं लाख यात्रु हवाई यात्रा गरिराखेका हुन्छन् । हवाई यात्रा सुरक्षित र सहज यात्राको पर्यायवाची हो । बुध्द एयर सुरक्षित हवाई यात्राप्रति सम्वेदनशील र प्रतिवद्ध छ ।