तीन महिनाको समयलाई आधार मानेर मानिसको गर्भावधिलाई तीन चरणमा बाँडिएको हुन्छ। गर्भावस्थाको पहिलो र तेस्रो तीन महिना जोखिम बढी हुन्छ। हवाईयात्राका दृष्टिले गर्भावधिको दोस्रो तीन महिना (गर्भ आएको ४ देखि ६ महिना) सुरक्षित समयावधि हो। त्यसैले हवाईयात्रा अगाडि गर्भको अवधि पनि विचार गर्नुपर्छ।
प्रसूतिसम्बन्धी जटिलता नहुँदा सामान्य मानिसले जत्तिकै सावधानी अपनाएर एकाध पटक हवाईयात्रा गरमा कुनै हानि छैन। तर, गर्भवती भएका बेला खुट्टा सुन्निने तथा नसामा रगत जम्ने समस्या बढी हुनसक्छ। हवाईजहाजबाट उत्सर्जन हुने कस्मिक रडियसन (खगोलिय विकिरण), जुन ब्रह्माण्डबाट पृथ्वीमा निरन्तर ठोकिरहेको हुन्छ। खगोलीय विकिरणका कारण गर्भे शिशुलाई पर्ने जोखिम अति न्यून छ तर हवाईजहाजका क्र्यु (चालकदलका महिला सदस्य) र बारम्बार यात्रा गरिरहने गर्भवतीमा भने जोखिम हुनसक्छ। विशेषतः एअरहोस्टेज महिलालाई व्यवसायजन्य जोखिमबार सचेत पार्नु पर्छ। त्यसैले चालकदलका सदस्यलाई गर्भवती हुन बन्देज छ। लामो उडान भर्ने अन्तर्राष्ट्रिय उडानमा पनि यस्तो जोखिम १५ प्रतिशतभन्दा बढी छैन । हवाईयात्राका दौरान खगोलीय विकिरणको अलावा ध्वनि, कम्पनले पनि खासै नकारात्मक असर पु¥याउँदैन । कहिलेकाहीँ हवाईयात्रा गर्नेहरूमा यस्तो जोखिम न्यून हुन्छ । हवाईयात्राकै कारण गर्भपतनको जोखिम पनि हुँदैन ।
जहाजभित्रको क्याबिन प्रेसर, कम आद्र्रता र गर्भावस्थाका बेला हुने शारीरिक परिवर्तनका कारण मुटुको चाल र रक्तचाप बढ्न सक्छ। त्यसो भएर लामो हवाईयात्राको बेलाको आद्र्रता र लामो समयसम्म एउटै आसनमा बस्यो भने खुट्टा सुन्निने र रगत जम्ने जोखिम हुनसक्छ। तर आन्तरिक उडानहरू बढीमा ५५, ६५ मिनेटसम्म भएकाले यी जोखिम खासै नहुन सक्छ। हवाईयात्रामा वायु बढ्ने खानेकुरा खाने, पेय पदार्थ पिउने गर्नु हुँदैन किनकि यसका कारण खाद्यनलीमा पहिले नै सञ्चित वायु हवाईजहाजले लिने उचाइसँगै बढ्न थाल्छ। यसले गर्दा हवाईयात्रा थप असहज हुनसक्छ। गाडी वा जहाजमा यात्रा गर्दा वा उचाइमा जाँदा उल्टी हुने समस्या वा जोखिम छ भने हवाईयात्रा अगावै उल्टी नहुने औषधी (ओन्डेम वा पेरिनर्म) खानु
बुद्धिमानी हुन्छ।
व्यावसायिक उडानहरूमा सामान्यतः ३६ हप्तासम्म हवाईयात्रा गर्न दिइन्छ। कतिपय अन्तर्राष्ट्रिय विमान कम्पनीले अलि अगाडिकै गर्भावधि प्रस्ट खुल्ने डकुमेन्ट माग गर्न सक्दछ। र, अधिकतर एअरलाइन्स कम्पनीले ३६ हप्तालाई मानक मानेका छन्। त्यसो भन्दै गर्दा नेपाली तथा बाह्य आकाशमा बेलाबखत जहाजमै डेलिभरी हुने गरको समाचार सुनिन्छ।
गर्भमा एउटा मात्र शिशु छ भने २८ हप्तासम्म कुनै कागजात चाहिँदैन। २९ देखि ३६ हप्तासम्मको गर्भवतीको मेडिकल सर्टिफिकेट आवश्यक पर्छ। जुम्ल्याहा शिशु छ भने २८ हप्तासम्मका गर्भवतीलाई कुनै डकुमेन्ट चाहिँदैन। त्यसपछि २९ देखि ३२ सम्मका गर्भवतीलाई मेडिकल सर्टिफिकेट आवश्यक छ भने ३३ हप्तापछि बुद्ध एअरमा यात्रा गर्न पाईंदैन। क्लिनिक वा अस्पतालको लेटरहेडमा गर्भवती जाँचमा संलग्न चिकित्सकको हस्ताक्षरसहित यस्तो सर्टिफिकेट जारी गरको ७ दिनभित्र यात्रा गरिसकेको हुनुपर्दछ। त्यस्तो डकुमेन्टमा एउटै मात्र वा जुम्ल्याहा शिशु उल्लेख गरको, गर्भावधि खुलेको, फिट टु फ्लाई (Fit to Fly) भनेर प्रस्टसँग नेपाली वा अङ्ग्रेजी भाषामा उल्लेख हुनुपर्दछ। गर्भवती एक्लै भन्दा पनि सहयोगीसहित हवाईयात्रा गर्न प्रेरित गरको छ।
You may also like: Air Travel During Pregnancy with Buddha Air
आन्तरिक उडानका जहाजहरूका सुरुवाती सिट अलि बढी फराक भए पनि पखेटाको समानान्तरमा रहेका सिट चाहिँ टेकअफ र ल्यान्डिङका बेला अलि बढी सहज हुन्छ। तर पनि बोर्डिङ पास लिने बेला गर्भवती भएको जानकारी खुलाउनुका साथै आयल्स (सिटको बीचमा रहेको बाटो) तिरको सिटको टिकट दिन अनुरोध गर्नुपर्दछ।
गर्भवतीले आयल्सतिरको सिट लियो भने हिँडडुल गर्न, ट्वाइलेट जान सहज हुन्छ। हवाईयात्राको क्रममा कुर्कुच्चा (पैताला) र घुँडाको जोर्नी तलमाथि हुनेगरी चलाइराख्नु पर्दछ। खुकुलो खालका लुगा लगाउने गर्नुपर्दछ।
चिकित्सकले सुझाएजस्तै स्टकिङ (लामो खालको विशेष मोजा) लाई फेसन वा देखावटी साधनका रुपमा नलिई आफ्नो स्वास्थ्यको दृष्टिले लगाउने गर्नुपर्दछ। यसले खुट्टा एवं शरीरको तल्लो भागमा रगत प्रवाह चालू राख्न मद्दत गर्दछ।
मौसम खराब भएका बेला जहाज हल्लिन सक्ने वा हल्लिएको बेला चोट लाग्न सक्ने हुनाले सिटबेल्ट अनिवार्य लगाउनु पर्दछ। पेटी कसिलो तरिकाले नबाँध्ने, सिटबेल्ट बढेको पेटको तल्लो भाग वा कम्मरको लेबलमा बाँध्नुपर्दछ।
नेपालका आन्तरिक उडान तर्फका विमानहरू प्रायः २१ हजारदेखि २५ हजार मिटर उचाइमा उड्छन्। कुनै पनि अध्ययनबाट यति उचाइको आन्तरिक उडानले गर्भे शिशुलाई असर गर्दैन तर पनि १२ हजारमाथिको उचाइमा गर्भवतीलाई ननिदाई चनाखो बसिरहन सल्लाह दिइन्छ।