स्वामी आनन्द अरूणका प्रिय ५ पुस्तक

स्वामी आनन्द अरूणका प्रिय ५ पुस्तक

सा धुसन्तहरूको शहर जनकपुरमा जन्मेका स्वामी आनन्द अरुणको सिंगो जीवन आध्यात्मिक जागरणमा समर्पित छ । ओशो तपोवन नेपालका प्रमुख रहेका यी आध्यात्मिक चिन्तक संसारभर ओशो दर्शनको प्रचारमा जुटेका छन् । उनी दार्शनिक ओशोबाट सन् १९४७ मा दिक्षित भएका थिए । 

आध्यात्मिक पुस्तक लेखन एवं अध्ययनमा होमिएका छन् उनी । बुझ्नु पर्ने सत्य के हो भने धार्मिक कर्मकाण्ड अध्यात्म होइन, अध्यात्म त अन्तर को विज्ञान हो जसले मनलाई आनन्दित तुल्याउँछ । 

आजको युगमा विज्ञान र प्रविधिले जीवनलाई सजिलो बनाइदिएको छ तर यसले धेरै किसिमका समस्या पनि ल्याएको छ । मान्छेमा दिनदिनै मानसिक समस्या बढ्दैछ । अध्यात्मको बाटोबाटै मानसिक समस्याको अचुक उपचार हुन्छ । त्यसैले उनी विश्वभर ध्यान र अध्यात्म जागरण अभियान चलाउँदै आएका छन् । 

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने, आध्यात्मिक पर्यटनबाटै हाम्रो देशको कायाकल्प हुने देखेका छन् उनले । हाम्रो देशमा हिन्दु र बौद्ध धर्मसँग जोडिएका धेरै पवित्र भूमि छन्, तिनको राम्रोसँग मार्केटिङ गर्न सके लाखौं पर्यटक भित्र्याउन सकिन्छ । 

बुद्धप्रति संसारभरका मान्छेको ठूलो सम्मान छ । ‘हामीले लुम्बिनीको मात्र राम्रोसँग मार्केटिङ गर्न सके वार्षिक ५० लाख भन्दा बढी पर्यटक भित्र्याउन सकिन्छ’, स्वामी अरूण भन्छन्, ‘पर्यटन पूर्वाधार विकास र माकेर् टिङमा सरकार लाग्नु पर्छ ।’ 

लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर, रारा, खप्तड मात्रै हो इन सिंगै नेपाल अध्यात्म भूमि हो । ‘पुरा नेपाल जहाँ जाँदा पनि मलाई आश्रम जस्तो लाग्छ । त्यसैले हाम्रोमा आध्यात्मिक पर्यटनको संभावना ठूलो छ’, स्वामी भन्छन्, ‘अमेरिकामा न्यू जर्सीलाई ‘गार्डेन स्टेट’ भनिन्छ । म भन्छु नेपाल नै गार्डेन कन्ट्री हो । त्यसैले सबैतिर पुग्न सडक र हवाई कने क्टिभिटी हुनु पर्छ ।’ 

नेपाल आध्यात्मिक बगैंचा हो । संसारमा मानसिक रोगी बढीरहेका छन् । योग, ध्यान, माइन्डफुलनेसको माग बढ्दो छ । तिनलाई नेपाल तान्ने योजना सरकारले बनाउनु पर्ने उनको सुझाब छ । 

वर्षका ६ महिना विदेश र ६ महिना स्वदेशमा हुन्छन् स्वामी । विदे श जाँदा उनले स्वदेशबाट लैजाने खुराक किताब हुन्छ । उताबाट नेपाल आउँदा पनि शुटकेसभरी किताबै ल्याउँछन् ।

विद्यालय जीवनदेखि नै उनी लेखपढमा रुचि राख्थे । विद्यालयको चुनाबबाट लाइबेरियन बनेपछि प्रिन्सिपलसँग अनुरोध गरेर पुस्तकालयमै खाट राखेर धित नमरून्जेल पुस्तक पढेको घटना सुनाउँछन् उनी । तिनताकै उनले आध्यात्मिक दार्शनिकहरूका पुस्तक पढ्न भ्याएका रहेछन् । 
अध्ययन र चिन्तनले नै मान्छेलाई ज्ञानी बनाउँछ । उनी दिनमा ६ घन्टा जति पुस्तक पढ्छन् । सुत्नेबेला र बिहानै पनि पढ्छन् । त्यतिमात्र हो र, बाथरुममा समेत पढ्छन् । एक्लै हुनेवित्तिकै पढ्छन् । मौका मिल्यो कि पढिहाल्छन् । ब्रेकफास्ट पछि पुस्तक पढ्छन् । लन्च पछि पत्रिका । रातीको खानापछि पनि पुस्तक पढ्छन् । 

‘साँच्चै भन्ने हो भने मेरी अर्धागिनी भन्नु नै पुस्तक हो’, उनी भन्छन्, ‘मेरा गुरू ओशो, रमण महर्शी आदिका पुस्तक दोहो¥याई तेहे¥याई पढ्छु ।’ 
पहिलापहिला उनी सबैखाले पुस्तक पढ्थे, उपन्यास पढ्थे । अचे ल बौद्धिक पुस्तक मात्रै पढ्छन् । उनको रोजाइमा जीवनलाई प्रेरित गनेर्  खालका पुस्तक मात्रै पर्छन् ।

‘अखबार त नियमित पढ्नै पर्छ’, उनी भन्छन्, ‘त्यसबाहेक इन्लाइटेड भएका मान्छेका पुस्तक मात्रै पढ्छु । आफैं बेहोसीमा भएकाहरूले लेखेको पुस्तक त के पढ्नु !’

ज्ञान प्राप्त नगरेकाहरूले लेखेका पुस्तकमा बौद्धिक विलास मात्रै हुन्छ । जसले सत्य प्राप्त गरेको छैन उसले जति उपदेश दिए पनि त्यो नुन बिनाको तरकारी जस्तै अलिनो लाग्छ उनलाई ।

स्वामी आनन्द अरूण आफैंमा राम्रा लेखक हुन् । बरोबर पत्रिकामा ले खहरू लेख्छन् । किताव पनि लेख्छन् । उनको लेखनको विषय अध्यात्मै हो । उनका पुस्तक नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रकाशित छन् ।

उनले हजारौं पुस्तक पढिसकेका छन् । ती मध्ये उनको जीवनमा धेरै प्रभाव पारेका ५ पुस्तकको चर्चा उनकै शब्दमा गरिएको छ । 

5-Favorite-Books-of-Swami-Anand-Arun-featured-at-Yatra-Magazine-Buddha-Air-book-list.-png

द आर्ट अफ इन्लाइटमेन्ट 
भगवान ओशोका दश हजार रेकर्डेड प्रवचन सुनेर निकालिएको किताब हो–‘आर्ट अफ इन्लाइटमेन्ट’ । दुधबाट नौनी निकाले जस्तै मथेर निकालेका हौं । ओशोका ७ सय पुस्तकबाट छाँटेर प्रकाशन गरिएको महत्वपूर्ण पुस्तक हो जुन सम्बोधिको विज्ञान हो, निर्वाणको विज्ञान हो । यसले आध्यात्मिक मनहरूलाई झुमाइदिन्छ । यसको प्रकाशन आरम्भ दुई वर्ष अघि ओशो तपोवनबाट गरिएको थियो । एक दिन संसारले यो पुस्तकको महत्व बुझ्ने छ ।
 
मिष्ट्रिज अफ मेडिटेशन
आशो तपोवनकै प्रकाशन हो ‘मिष्ट्रिज अफ मेडिटेशन’ । ७ वर्ष भैसक्यो यसको प्रकाशन भएको । सम्पादनक्रममा मैले यसलाई अलिअलि हेरेको थिएँ, राम्रोसँग पढेको थिइन । यसपाली अमेरिका यात्रामा प्लेनमा यसलाई फेरी पढें, एकदमै ज्ञानबर्धक लाग्यो । यसमा ध्यानका रहस्यहरूको चर्चा गरिएको छ । यो मेरो जीवनको एकदमै महत्वपूर्ण पुस्तक हो ।

अटोबायोग्राफी अफ अ योगी
संसारमा बाइबल पछि सबैभन्दा बढी प्रकाशन भएको पुस्तक हो–अटोबायोग्राफी अफ योगी । परमंहश योगानन्दजीको यस पुस्तकले मलाई कले ज लाइफमै किक दिएको थियो । रहस्यवादतिर डो¥याउँछ यसले । धेरै भाषामा यसको प्रकाशन गरिएको छ । नेपाली भाषामा पनि अनुवाद भएको छ । एउटै किताबबाट पनि अभियान चल्न सक्छ भन्ने उदाहरण हो यो । यसकै बलमा संसारमा क्रिया योग अभियान चलेको छ । 
यो पुस्तकले गुरूकोमा जानु पर्छ, गुरूलाई चिन्नु पर्छ । गुरूले शरीर छाडे पनि शिष्यलाई छोड्दैन, शिष्यले जहिले चाहे पनि गुरूसँग सम्पर्क गर्नसक्छ भन्ने विश्वास दिलाउँछ ।

पिलग्रिम्स अफ द स्टार्स 
दिलिप कुमार रोय र इन्दिरादेवीले लेखेको पुस्तक ‘पिलग्रिम्स अफ दि स्टार्स’ उपयोगी पुस्तक हो । इन्दिरादेवी अरविन्दकी शिष्य हुन् । भारतको पुने आश्रममा सिमित यो पुस्तकको विश्वव्यापिकरण गराउन हामीले मद्दत गरेका हौं । आज अमेरिका र रूसमा समेत यो लोकप्रिय भैसकेको छ । 
इन्दिरादेवी रहस्यमयि पात्र हुन् । ५ हजार वर्ष अघि भगवान कृष्णकी प्रेमिका थिइन् मीरा । तिनै मीरासँग इन्दिरादेवीको दिनहुँ कुराकानी हुन्थ्यो । कहिलेकाहिँ त कृष्णको दर्शन पनि गर्नु हुन्थ्यो । त्यही कुरा यो पुस्तकमा उल्लेख छ । यस पुस्तकले भन्छ–गुरू कहिल्यै पनि हराउँदैनन् । 
मैले यो पुस्तकको बिषयमा लेखेको र बोलेको छु । धेरैलाई उपहार बाँडेको छु । मान्छेहरूलाई पढ्न सिफारिस गरेको छु । 

लंग पिलग्रिमेज
शिवपुरी बाबा मेरा गुरू हुनुहुन्छ । जीवनमा उहाँले कुनै पुस्तक ले ख्नु भएको छैन । उहाँसँग कुराकानी गरेर जोन बेनेटले लेखेको ‘लंग पिलग्रिमे ज’ पुस्तक शिवपुरी बाबाके जीवन दर्शन हो । यो पुस्तक धेरै भाषामा प्रकाशन भएको छ । हाम्रो ओशो तपोवनले पनि प्रकाशन गरेको छ । समय लाग्ला, मलाई विश्वास छ एक दिन वल्र्ड क्लासिक साहित्यमा यसको गणना हुनेछ ।