सन्दीपको क्रिकेट उडान

सन्दीपको क्रिकेट उडान

भारतको घरेलु क्रिकेटमा पुग्न सीमावर्ती देश हुँदा पनि नेपालीका लागि निकै कठिन यात्रा हो । आर्थिक हिसाब र मैदानभित्रको प्रदर्शनबाट भारतले विश्व क्रिकेटमा एकछत्र जस्तै राज गरिरहेको छ । नेपाल भने विश्व क्रिकेटमा भर्खर अघि बढ्दै गरेको राष्ट्र हो । त्यसैले आधिकारिक हिसाबमा भारतको क्रिकेटमा पुग्न नेपाललाई धेरै चुनौती छ ।Sandeep Lamichhane Training

उमेरले १८ वर्ष पुग्न बाँ की नै रहे पनि नेपाली राष्ट्रिय टोलीमा सन्दीप लामिछाने स्थापित बलर हुन् । यिनै किशोरले त्यो चुनौती पार गर्दै भारतीय क्रिकेटमा पाइला टेक्ने अवसर पाएका छन् । त्यो पनि ग्ल्यामर्स र पैसाले भरिएको विश्वकै सबैभन्दा ठूलो मानिएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटबाट । डिसेम्बर अन्तिम साता, २०१७ मा भारतको बेंग्लोरुमा भएको आईपीएल अक्सनमा नेपालका सनसनीपूर्ण लेग स्पिनर सन्दीपमा भाउ लागेको थियो । फ्रेन्चाइज टोली दिल्ली डेयरडेभिल्सले सन्दीपलाई २० लाख भारुमा खरिद ग¥यो । 

 

लर्डस : लर्डस भनेको लर्डस नै हो, यसको ऐ तिहासिक आफ्नै महत्व छ । यस मैदानमा खे ल्न पाउनु म आफूलाई भाग्यमानी सम्झन्छु ।

खेलाडी: सचिन तेन्दुलकर र सेन वार्न
अन्य खेलका मनपर्ने खेलाडी
टाइगर उड्स (गल्फ)

Sachin Tendulkar

 

 

गायक र ब्यान्ड: राजु लामा र मंगोलियन हार्ट

घुम्न मन लाग्ने स्थान: इलाम र मुस्ताङ

अक्सनमा २० लाख भारु खेलाडीका लागि खर्चिने सबैभन्दा कम रकम थियो । तर, त्यसले नै नेपाली क्रिकेटमा नयाँ इतिहास बनाइसकेको थियो, आईपीएलमा पुग्ने सन्दीप पहिलो नेपाली खेलाडी बनेर । शक्ति गौचन सन् २०१२ मा राजस्थान रोयल्समा ट्रायल र प्रशिक्षण लिन गएका थिए । त्यसको अर्को वर्ष भुवन कार्कीले राजस्थानमै गएर प्रशिक्षण गर्ने अवसर पाए पनि व्यवस्थापकीय अभावमा उनको त्यो मौका चुकेको थियो ।

आईपीएलको अक्सनका लागि आवेदन परेका १ हजारभन्दा बढी खेलाडी सूचीबाट छोट्याउँदा सन्दीपको नाम पनि परेको हो । लेग ब्रेक गुगली बलर सन्दीप अक्सनमा भाउ लाग्ने टेस्ट खेल्ने राष्ट्र बाहिरका एक्लो खेलाडी रहे । त्यसअघि सन्दीपलाई नेट्समै बोलाएर दिल्लीका प्रशिक्षक रिकी पोन्टिङसहितको टोलीले बलिङ हेरेको थियो । दिल्ली डेयरडेभिल्स जीएमआर इन्फ्रास्ट्रक्चर लिमिटेडको स्वामित्वमा छ । डेयरडेभिल्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त दुआले अक्सनमा सन्दीपलाई लिएपछि नेपालमा क्रिकेट निकै पछ्याइनुका साथै फाइदा पुग्ने प्रतिक्रिया दिएका थिए । 

अक्सनको पहिलो दिन सन्दीप नेपाली टोलीसँगै विश्व क्रिकेट लिग डिभिजन २ को तयारीलाई यूएई जाँदै थिए । दोस्रो दिन उनलाई अक्सनमा भाउ लागेको थियो । त्यतिखेर नेपाली क्रिकेट टोली दुबईको आईसीसी ग्लोबल एकेडेमी मैदानमा प्रशिक्षण गरिरहेको थियो । नेपाली टोलीका व्यवस्थापक रमन सिवाकोटीले सन्दीपलाई त्यही खबर सुनाएका थिए । त्यसयता दिल्ली डेयरडेभिल्सको टोलीले सोसल मिडियामा सन्दीपको हरेक गतिविधि पछ्याइरहेको छ । नामिबियामा भएको डिभिजन २ मा सन्दीपको अर्को सनसनी प्रदर्शनले डेयरडेभिल्सलाई पनि निकै उत्साही बनाएको सोसल मिडियामा प्रस्ट झल्कन्थ्यो । नामिबियामा १७ विकेट लिँदै सन्दीप म्यान अफ द सिरिजमा चुनिएका थिए । उनको प्रदर्शनमा नेपाल विश्वकप छनोटमा पुग्यो । सन्दीप आफू डेयरडेभिल्सको सम्पर्कमा रहिरहेको बताउँछन् । सन् २०१६ मा नामिबियासँगको विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलबाट नेपाली राष्ट्रिय टोलीबाट खेल्दै आएका सन्दीपले १८ खेलबाट ३४ विकेट लिइसकेका छन् । 

सन्दीपको जन्म स्याङ्जाको आरुचौरमा भएको हो । उनका बुवा चन्द्रनारायण २०२८ सालमा रोजगारीका लागि भारत गएका थिए । उनी हरियाणा रेल्वेमा कर्मचारी थिए । सन्दीप पनि बुवा–आमासँगै भारत लागे । भारतमा उनले ६–७ वर्ष बिताए । त्यहाँ उनले युजभेन्द्र चाहाल लगायतका खेलाडीसँग पनि खेले । सन्दीप १३ वर्षको हुँदा उनी नेपाल आएर क्रिकेट खेल्ने निर्णयमा पुगे । भिनाजु अनिल न्यौपानेले सन्दीपका अभिभावकलाई सहमत गराएर नेपाल लिएर आए । त्यसपछि उनी दिदी इन्दुसँगै नवलपरासीको रजहरमा बस्न थाले । अहिले भने सन्दीपको घर चितवन सौराहास्थित चित्रासारीमा छ । 

चितवन जिल्ला क्रिकेट संघले चितवन क्रिकेट एकेडेमी भनेर सञ्चालन गरिरहेको थियो । त्यही एकेडेमीमा भर्ना हुन सन्दीप चितनवको क्याम्पाचौर पुगे । एकेडेमीका प्रशिक्षक थिए नेपालका पूर्व कप्तान राजु खड्का । खड्काकै प्रशिक्षणमा सन्दीपको क्रिकेट प्रतिभा थप तिखारियो । सन्दीप प्रतिभाशाली थिए । एकेडेमीको प्रशिक्षणले उनको खेललाई एक तह माथि पु¥यायो । तीन वर्ष उनले एकेडेमीमा प्रशिक्षण गरे । नेपालका तत्कालीन प्रशिक्षक पुबुदु दासानायके काम विशेषले चितवन पुग्नु सन्दीपका लागि ‘टर्निङ प्वाइन्ट’ बन्यो । पुबुदुले सन्दीपको प्रतिभा देखेर उनलाई सिधै राष्ट्रिय क्रिकेटको संरचनामा ल्याए । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली क्रिकेटको भद्रगोल व्यवस्थापनका कारण दिँदै आएको फन्डिङ रोकेको अवस्था थियो । त्यसले राष्ट्रिय प्रतियोगिताहरू हुन छाडेका थिए । यस्तो स्थितिमा दासानायकेले सन्दीपलाई राष्ट्रिय क्रिकेटको प्रशिक्षण क्याम्पमा नल्याएको भए उनलाई नेपाली क्रिकेटसम्म पुग्न अझै समय लाग्न सक्थ्यो वा क्याम्पाचौरमा हराइरहेका पनि हुनसक्थे । 

सन्दीपले बंगलादेशमा २०१६ को जनवरी यू–१९ विश्वकप खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटको ढोका खोलेका थिए । सुरुमा ४–५ पटक क्याम्पमा परेर फालिएका खेलाडी हुन् सन्दीप । त्यसैले पहिलोपल्ट नेपालको यू–१९ टोलीमा पर्दा घुँडा टेकेर रोएको दिन सम्झन उनलाई बेला–बेला बाध्य बनाउँछ । विश्वकपमा न्युजिल्यान्डलाई पराजित गर्नु, आयरल्यान्डसँग ह् याट्रिक गर्नु, त्यही प्रदर्शनमा नेपाल दोस्रो चरणमा प्रवेश गर्नु उनका स्मरणीय क्षणहरू हुन् ।

सन्दीपको बलिङ

नेपाल यू–१९

खेल    ओभर    मेडन    रन    विकेट    औसत 
२७    २२६    १९    ७१७    ७२    ९.९५

नेपाली राष्ट्रिय टोली 

खेल    बल    रन    विकेट    औसत    उत्कृष्ट    इकोनोमी
१८    ९३७    ६१७    ३४    १८.१४    ५÷२०    ३.९५

पीडा पनि उनले यू–१९ मै धेरै भोगेका छन् । जुलाईमा सिंगापुरमा भएको आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा नेपालको केही लागेन । अफगानिस्तानसँग घुँडा टेक्यो । यसले विश्वकपमा पुग्ने नेपालको बाटो बन्द गरिदियो । जबकि सन्दीपले २४ विकेट लिएका थिए । एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले लिएको यो सबैभन्दा बढी विकेट हो । नेपाल छनोट नभएपछि उनी नेपाली यू–१९ को कप्तानमा रहेनन् । दीपेन्द्रसिंह ऐरी नेपाली यू–१९ का नयाँ कप्तान बने । नेपालले एसीसी यू–१९ इस्टर्न रिजनल प्रतियोगिता जित्दै एसिया कपमा स्थान बनायो । सन्दीप १६ विकेटसाथ म्यान अफ द सिरिज चुनिएका थिए ।

टाइम लाइन

  • २०१४    क्रिकेट खेल्ने उद्देश्यसहित १३ वर्षको उमेरमा भारतबाट नेपाल फर्किएको ।
  • २०१४ नोभेम्बर ४    चितवन जिल्ला क्रिकेट संघको क्रिकेट एकेडे मीमा भण्र्ना भएको
  • २०१५ मार्च ४    राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले सन्दीपको प्रतिभा पहिलो पटक चितवनको क्याम्पा चौरमा दे खे को ।
  • २०१६ जनवरी    पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेक्रममा आईसीसी यू–१९ विश्वकपका लागि नेपाली टोलीमा ।
  • २०१६ जनवरी ३०    आईसीसी यू–१९ विश्वकपमा आयरल्यान्डस“ग ह्याट्रिक विकेट लिन सफल । युवा विश्वकपमा केबल पा“चौं ह्याट्रिक । 
  • २०१६ अप्रिल १६    नामिबियास“ग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलबाट नेपाली राष्ट्रिय टोलीबाट ‘डेब्यू’ ।
  • २०१७ जुन    आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा नेपालको कप्तानमा चयन ।
  • २०१७ डिसेम्बर २८    इन्डियन प्रिमियर लिगको अक्सनमा दिल्ली डेयरडेभिल्सद्वारा २० लाख भारुमा भाउ लागेको ।
  • २०१८ जनवरी १५    विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाललाई उपविजेता बनाउनेक्रममा १७ विकेट लि“दै म्यान अफ द सिरिजमा चुनिएको ।
  • २०१८ मार्च १    क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्टबाट ५ हजार अमेरिकी डलरमा सन्दीप सेन्ट किट्स एन्ड नेभीस प्याट्रियट्समा छानिएको । 

उनले नेपालबाट यू–१९ मा कुल २७ खेल खेले । उनको नाममा कुल ७२ विकेट रह्यो । मलेसियामा अक्टोबर २०१७ मा सम्पन्न एसीसी यू–१९ एसिया कप सन्दीपले उमेर समूहबाट खेलेको अन्तिम प्रतियोगिता हो, जहाँ उनले ९ विकेट लिएका थिए । भारतसँगको खेलमा १ विकेट मात्र लिए पनि त्यसले नेपाललाई ऐतिहासिक १९ रनको जित दिलाएको थियो । भारतसँग सबै खाले खेलमा नेपालको त्यो पहिलो जित थियो । सन्दीपको आईपीएलसम्मको यात्रामा यो पनि प्रमुख कारण थियो । अर्को महत्वपूर्ण भूमिका अस्ट्रेलियाका विश्वकप विजयी कप्तान माइकल क्लार्कले गरेका थिए । गत वर्ष हङकङ ब्ल्ट्जि खेल्न हङकङ खेल्न जानु पनि सन्दीपको खेल जीवनको अर्को टर्निङ प्वाइन्ट बन्यो । त्यहाँ गरेको केबल ३ ओभर बलिङले क्लार्कलाई प्रभावित बनाएको थियो । त्यसयता क्लार्क उनको मेन्टर बन्दै आएका छन् । हङकङपछि क्लार्कले नै सन्दीपलाई अस्ट्रेलियामा लागि आफ्नो एकेडेमीमा प्रदर्शन गराउनुका साथै ग्रेड क्रिकेट खेलाएका थिए ।

बंगलादेशको ट्वान्टी–२० प्रतियोगिता बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिगको ड्राफ्टमा उनको नाम थियो, तर भाउ लागेको थिएन । आईपीएल अक्सनबाट उनले ठूलो छलाङ मारेका छन् । हरेक दिन चुनौती र त्यसबाट खुसी लिएर जानुपर्छ भन्ने सिद्धान्त सन्दीपको छ । वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्टबाट ५ हजार अमेरिकी डलरमा सन्दीप सेन्ट किट्स एन्ड नेभीस प्याट्रियट्समा छानिएका थिए । अगस्ट ८ देखि सेप्टेम्बर १६ सम्म हुने सीपीएलमा उनले वेस्ट इन्डिजका आक्रामक ओपनर क्रिस गेयलसहित अस्ट्रेलियाका बेन कटिङ, टम कुपर, बंगलादेशका मोहम्मद महम्दुल्लाह र जिम्बावेका कप्तान ग्रिम क्रिमरसँगैं खेल्ने छन् । ड्राफ्टमा परिसकेका छन् । उनी लामो यात्राका लागि तयार छन् । उनको यही यात्राले नेपाली क्रिकेटमा पनि नयाँ तरङ्ग ल्याउन सक्छ ।