नेपाल एकीकरण हुनुअघि बाइसे राज्यहरूमध्ये डोटीलाई पनि एक प्रभावशाली राज्य मानिन्थ्यो । त्यतिबेला कर्णालीपारिको सभ्यतालाई डोटेली सभ्यता भनिन्थ्यो । वि.सं. १८३६ मा गोर्खा राज्यसँग पराजित हुँदा समेत यो राज्यले आत्मसमर्पण गरेको थिएन । यो आनो सभ्यताप्रतिको मोह र संरक्षणका लागि थियो । भाषा, संस्कृति र सभ्यताका साथै ऐतिहासिक दृष्टिकोणबाट पनि यस क्षेत्रको आनै चिनारी छ । सुदूरपश्चिमको यही भूभागमा आजभन्दा झन्डै एक सय पचास वर्षअघि नै दाङबाट बसाइँ सरेर आएका थिए, थारु समुदाय । यहाँ बसोबास गरिरहेका थारुहरूमध्ये राना थारु यहाँका भूमिपुत्रका रुपमा चिनिन्छन् ।
यिनीहरू कैलाली, कञ्चनपुरमा सबैभन्दा पहिले बसोबास गर्ने जातिमा पर्दछन् । दाङबाट बसाइँ सरी आएका थारुहरू यो क्षेत्रमा डगौरा थारुका रुपमा चिनिन्छन् । यी डगौरा थारुहरूको बसाइँसराइ हुने क्रम निकै पछिसम्म पनि देखिन्छ । यिनीहरूको आनो छुट्टै भाषा र संस्कृति छ । तिनै डगौरा थारु समुदायका महिलाहरूले लगाउने कतिपय गरगहनाहरू अहिले लोपोन्मुख छन् । गहनासँगै पछिल्लो समय यिनीहरूका संस्कृति र सभ्यताका अन्य पाटाहरू समेत ओझेल पर्दै छन् । सुदूरपश्चिमका थारु समुदायको सांस्कृतिक वैभवको पहिचान दिने भेषभूषा र गरगहनाको छुट्टै महत्त्व छ । यो नयाँ पिँढीमा भने हस्तान्तरण हुन सकेको छैन । यो समुदायका अधिकांश गहनाहरू चाँदीबाट बनेका छन् । उनीहरूका तिनै मौलिक गहनाहरूलाई यहाँ चिनाउन खोजिएको छ ।
- हेमन्त विवश
सिकिरिया झिमिलिया: कानमा लगाउने चाँदीका दुईवटा चेप्टाखाले पातामा झुन्ड्याइने चाँदीकै ससाना सिक्रीहरूमा चाँदीकै ससाना पाताहरू जोडी बनाइएको गहनालाई थारु भाषामा सिकिरिया झिमिलिया भनिन्छ । यो न्यूनतम २ तोलादेखि अधिकतम ४ तोलासम्मको हुन्छ । निकै पुरानो मानिने यो गहना हाल प्रचलनमा देखिँदैन ।
टर्की: विगतमा कानमा चाँदीका विभिन्न खाले झुुम्का लगाउने चलन थियो । थारु भाषामा ती झुम्काहरूका छुट्टाछुट्टै नाम राखिएका थिए । तीमध्ये टर्की एक हो । दुबै टर्कीको तौल न्यूनतम दुई तोलादेखि अधिकतम ५ तोलासम्म हुन्थ्यो । यो गहना लगाउन कानमा निकै ठुलो प्वाल बनाउने गरिन्थ्यो ।
हातमा लगाउने बाला: हातमा लगाउने चाँदीका बालाको दुबै छेउमा च्याउका कोपिलाजस्तो बनाइएको हुन्छ । दुइटै हातमा एकएक वटा पहिरने गरी बनाइका बाला गोलाकार हुन्छन् । तर दुबै मुख जोडिएका हुँदैनन् । दुइटै छेउको बीचमा नाडीमा घुसाउन केही ग्याप
राखिएको हुन्छ । यी बाला भित्र खोक्रा हुन्छन् । वरिपरि आकर्षक बुट्टा कुँदेर बनाइने बाला आफ्नो क्षमताअनुसार १५ तोला, २० तोला र ३० तोला चाँदीबाट बनाइएका हुन्छन् । यो पनि पछिल्लो समय लोपोन्मुख नै छ ।
कारा: हातमा बाला लगाएझैँ महिलाहरूले दुबै खुट्टामा लगाउने चाँदीको बालाकै ठुलो रुपलाई कारा भनिन्छ । कारा दुई प्रकारका हुन्छन्, एउटा सामान्य खाले र अर्को बुट्टा भएका । यी दुबैखाले कारा भित्र भने खोक्रा हुन्छन् । यी दुबैको तौल न्यूनतम ३० तोलासम्म हुन्छ । हाल यो गहना पनि लोपोन्मुख छ ।
टौँक: यो चाँदीबाट निर्मित गोलाकार हारजस्तो गहना हो । यसलाई पछाडिपट्टिबाट डोरीले बाँधेर घाटीमा अड्याइन्छ । यसको तौल न्यूनतम ५ तोलादेखि अधिकतम १० तोलासम्म हुन्छ । यो गहना निकै पुरानो मानिन्छ । अहिले यो पनि लोपोन्मुख नै छ ।
कन्सिरी: घाँटीमा लगाइने चाँदीको गहना हो, कन्सिरी । यसलाई महिलाको घाँटीमा चपक्क चप्कने गरी बुट्टेदार बनाइएको हुन्छ । यो निकै कलात्मक ढङ्गले बनाइएको हुन्छ । यसको तौल २० तोलादेखि २५ तोलासम्म हुन्छ । यो निकै पुरानो गहना हो । आजभोलि यसको प्रयोग घट्दै छ ।
बिझाइठ: पाखुरामा लगाउने चाँदीको गहनालाई थारु भाषामा बिझाइठ भनिन्छ । यो पनि निकै पुरानो गहनाअन्तर्गत पर्दछ । यो कम्तीमा पनि ५ तोलासम्मको एउटै बनाइथ्यो । दुईवटै पाखुरामा परिहने यो गहना दुइटै पाखुरामा एकएक वटा पहिरने, दुइटै पाखुरामा दुईदुई वटा पातलाखाले पाता पहिरने र मोटोखाले सिक्रीजस्तो तर थोरै चेप्टो किसिमको गरी तीन प्रकारका पाइएका छन् । तीनै प्रकारका बिझाइठका दुबै मुखमा डोरी गाँसिएको हुन्छ र त्यही डोरीको सहायताले यसलाई पाखुरामा बाँधिन्छ । पछिल्लो समय दुइटै हातमा एकएक वटा मात्र लगाउने गरिएको देखिन्छ ।
नथिया: सुनबाट बनाइएको रिङजस्तो गोलाकार गहनालाई नथिया भनिन्छ । यसका दुईछेउ जोडिने ठाउँमा दुईचारवटा ससाना पत्थरका टुक्रा टाँसेर आकर्षक बुट्टा समेत कुँदिएका हुन्छन् । यसलाई नाकको प्वालमा घुसाई दुईछेउ जोड्ने गरिन्छ । यसको भारले नाकको छाला नतन्कियोस् भनेर यसमा दरिलोखाले मसिनो डोरी वा सिक्री बाँधी उक्त डोरी वा सिक्रीलाई कानमा अल्झाइने समेत गरिन्छ । यो गहना अधिकतम सवा एक तोला र न्यूनतम एक तोला सुनबाट बनाइन्छ । यो पनि हाल लोप हुने अवस्थामा छ ।
टिकाहा माला: चाँदीको साङ्ला तथा कपडाको डोरीमा चाँदीका चार आना, आठ आना र एक रुपयाँका पैसाहरूलाई गाँसेर बनाइएको मालालाई टिकाहा माला भनिन्छ । यो मालामा यति नै पैसा हुन्छन् भन्ने यकिन हुन्न । लगाउनेको चाहना र अवश्यकता अनुसार लामोछोटो हुन्छ । यो घाँटीदेखि पेटसम्म पुग्नेगरी बनाइएको हुन्छ । यो मालाको बीचमा चाँदीको बुट्टेदार चेप्टो पाता राखिएको हुन्छ । उक्त पाताको वरिपरि ससाना सिक्रीमा चाँदीका पाँचदश पैसाहरू उनेर बनाएको पनि पाइन्छ । यो हाल प्रयोगमा देखिँदैन ।
मगिया: दायाँबायाँ कानतर्फ टाउकाको अघिल्लो भागमा बेरिने चाँदीको गहनालाई मगिया भनिन्छ । यो एक इञ्च जति चेप्टो तर टाउकाको आकार अनुसार लामो हुन्छ । सिन्दुर भर्ने सिँउदोमाथि भने केही भाग लœयाइएको र निधारको माथि कतै पूर्णचन्द्रमा त कतै अर्धचन्द्रमा बनाइएको हुन्छ । यसको तौल १२ देखि १५ तोलाको हुने गर्दछ । पछिल्लो समयमा यो कमै मात्रामा देखिन्छ ।
सिकिरिया झिमिलिया: कानमा लगाउने चाँदीका दुईवटा चेप्टाखाले पातामा झुन्ड्याइने चाँदीकै ससाना सिक्रीहरूमा चाँदीकै ससाना पाताहरू जोडी बनाइएको गहनालाई थारु भाषामा सिकिरिया झिमिलिया भनिन्छ । यो न्यूनतम २ तोलादेखि अधिकतम ४ तोलासम्मको हुन्छ । निकै पुरानो मानिने यो गहना हाल प्रचलनमा देखिँदैन ।
टर्की: विगतमा कानमा चाँदीका विभिन्न खाले झुुम्का लगाउने चलन थियो । थारु भाषामा ती झुम्काहरूका छुट्टाछुट्टै नाम राखिएका थिए । तीमध्ये टर्की एक हो । दुबै टर्कीको तौल न्यूनतम दुई तोलादेखि अधिकतम ५ तोलासम्म हुन्थ्यो । यो गहना लगाउन कानमा निकै ठुलो प्वाल बनाउने गरिन्थ्यो ।
फुली: नाकमा लगाउन बनाइने फुली सुन, पित्तल र चाँदीलगायतका धातुबाट बनाइन्छ । यी पिपलपाते, ल्वाङे, चन्द्राकार गरी विभिन्न प्रकारका हुन्छन् । प्रायजसो यी एकएक आना तौलका हुन्छन् ।
टौँक: यो चाँदीबाट निर्मित गोलाकार हारजस्तो गहना हो । यसलाई पछाडिपट्टिबाट डोरीले बाँधेर घाटीमा अड्याइन्छ । यसको तौल न्यूनतम ५ तोलादेखि अधिकतम १० तोलासम्म हुन्छ । यो गहना निकै पुरानो मानिन्छ । अहिले यो पनि लोपोन्मुख नै छ ।
हातमा लगाउने बाला ः हातमा लगाउने चाँदीका बालाको दुबै छेउमा च्याउका कोपिलाजस्तो बनाइएको हुन्छ । दुइटै हातमा एकएक वटा पहिरने गरी बनाइका बाला गोलाकार हुन्छन् । तर दुबै मुख जोडिएका हुँदैनन् । दुइटै छेउको बीचमा नाडीमा घुसाउन केही ग्याप राखिएको हुन्छ । यी बाला भित्र खोक्रा हुन्छन् । वरिपरि आकर्षक बुट्टा कुँदेर बनाइने बाला आफ्नो क्षमताअनुसार १५ तोला, २० तोला र ३० तोला चाँदीबाट बनाइएका हुन्छन् । यो पनि पछिल्लो समय लोपोन्मुख नै छ ।
कारा: हातमा बाला लगाएझैँ महिलाहरूले दुबै खुट्टामा लगाउने चाँदीको बालाकै ठुलो रुपलाई कारा भनिन्छ । कारा दुई प्रकारका हुन्छन्, एउटा सामान्य खाले र अर्को बुट्टा भएका । यी दुबैखाले कारा भित्र भने खोक्रा हुन्छन् । यी दुबैको तौल न्यूनतम ३० तोलासम्म हुन्छ । हाल यो गहना पनि लोपोन्मुख छ ।
सुटिया: सुटिया घाँटीमा लगाउने चाँदीको निकै पुरानो गहना हो । यो अलि चेप्टो हुन्छ । हातमा बाला घुसाएझैँ अगडिपट्टिबाट घाँटीमा घुसाएर पछाडिपट्टि लकम लगाउने, धागोले बाँध्ने र त्यतिकै छोड्ने पनि गरिन्छ । यो न्यूनतम ३० तोलाको हुन्छ । यो पनि लोपोन्मुख गहनाकै सूचीमा पर्छ ।
ठोसिया: चाँदीको तिलहरीजस्तो बनाइएको गहनालाई थारु भाषामा ठोसिया भनिन्छ । यसको तौल न्यूनतम २ तोलासम्म हुन्छ । यो हाल लोप भइसकेको छ ।
भिछिया: खुट्टाको औलामा लगाइने चाँदीको गहनालाई भिछिया भनिन्छ । यो आधी तोलादेखि एक तोलासम्मको हुन्छ ।
यहाँ उल्लेख गरिएका बाहेक पनि अध्ययनअनुसन्धानको पर्खाइमा बसेका सुन, चाँदीका थुप्रै गरगहनाहरू हुन सक्छन् । फरिया, लेहङ्गा, चोलियालगायतका पहिरनसँगै लगाइने थुप्रै गरगहनालाई थारु समुदायको लोकआभूषणका रुपमा लिन सकिन्छ । यी केही लोप भइसके भने केही लोप हुने क्रममा छन् । पछिल्लो समय केहीको स्वरुप परिवर्तन गरेर लगाइएको पाइन्छ ।