तालैताल

तालैताल

मुलुकभित्र दर्जनौं ताल छन् । जैविक विविधताले भरिपूर्ण तालहरू पर्यटकीय गन्तव्य बनेका छन् । कति ताल हेर्नका लागि मात्रै हुन् भने कतिपयमा बोटिङ, स्विमिङ र फिसिङ सुविधा पनि पाइन्छ ।

शे–फोक्सुन्डो ताल
Sey phokshundo lake

नेपालको सबैभन्दा गहिरो ताल डोल्पाको शे–फोक्सुन्डो हो जुन ६५० मिटर गहिरो छ । फोक्सुन्डो (३,६१३ मिटर) ४.८ किमि लामो, १.८ किमि चौंडा छ । तालको तीनतिर नांगा पहाड छन् भने एकतिर रिङमो गाउँ ।

तालको पानी निकास भएको सुलिगाडमा अग्लो झरना छ । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्ने तालमा पौडी खेल्न पाइन्न, बोटिङ सुविधा पनि छैन । 

ताल क्षेत्रमा बोन धर्माबलम्बीको बसोबास छ । जडीबुटी, जनावर र चराको भण्डार हो निकुन्ज । फोक्सुन्डो पदमार्गमा सामान्य खाना र बास पाइन्छ । यात्रामा न्याना कपडा बोक्नु पर्छ । 

कसरी पुग्ने (How to Reach)

 

  • काठमाडौं - नेपालगञ्ज १ घन्टा हवाईयात्रा । नेपालगञ्ज–जुफाल ३५ मिनेट हवाई यात्रा । जुफालबाट दुई दिन पदयात्रामा फोक्शुन्डो ताल । जुफालबाट दुई घन्टा पदयात्रामा डोल्पा सदरमुकाम दुनै बजार ।

You may also like: Phoksundo Trek: Ultimate Guide Hidden Gem of Nepal

तिलिचो ताल

संसारकै अग्लो ठाउँमा रहेको ताल तिलिचो (४,९१९ मिटर) मनाङ जिल्लामा पर्छ । तिलिचोको लम्बाई ४ किमि, चौंडाई १.२ किमि र गहिराई २lake tilicho buddha air सय मिटर छ । त्यहाँ बोटिङ सुविधा छैन, नुहाउन र पौडी खेल्न पनि पाइँदैन ।

ताल क्षेत्रमा तिलिचो, निलगिरिलगायत हिमाल छन् । ताल किनारमा होटल तथा रेष्टुँरा छैन तर तिलिचो वेस क्याम्पमा केही होटल छन् । त्यसैले पहिल्यै बुकिङ गरेर वा उज्यालैमा पुग्दा सजिलो हुन्छ । अन्यथा दुःख पाइन्छ ।

यात्रामा न्याना कपडा बोक्नु पर्छ । उचाईमा बिस्तारै हिँड्नु पर्छ । ठाउँ–ठाउँमा आराम गर्दै र पानी खाँदै यात्रा गर्नुपर्छ ।

कसरी पुग्ने (How to Reach)

 

  • काठमाडौंबाट बेशिसहर हुँदै मनाङसम्म माइक्रो र जीपमा दुई दिन । पहिलो दिन बेशिसहरमा बास, दोस्रो दिन मनाङमा । मनाङ गाउँबाट दुई दिन पदयात्रामा तिलिचो ताल ।

syarpu lakeस्यार्पु ताल

पश्चिमी रुकुमको स्यार्पुताल (१,३१०मिटर)को क्षेत्र २.६ वर्ग किमि छ । हरियो ताल चित्ताकर्षक देखिन्छ । त्यहाँ डुँगा चढ्ने सुविधा छ । माछा चाख्न पाइन्छ । 

तालको पूर्व उत्तरमा भ्यू टावर छ । तालबाट बगेको पानीलाई दही खोला भनिन्छ । पानी दही जमेको जस्तो देखिन्छ । ताल क्षेत्रमा बुढालमस्टा, मथिगरे ब्रम्हा, दारे मस्टा, शिवालय, कालिका र वराह मन्दिर छन् । नजिकै केही झरना पनि छन् । 

ताल किनारमा दुइटा गाउँ छन्–स्यार्पु र दह । गाउँका ७ घरमा होमस्टे गराइन्छ जहाँ सस्तोमा खाना र बास सुविधा पाइन्छ । 

 कसरी पुग्ने ( How to Reach)

 

  • काठमाडौं–खलंगा बसमा १६ घन्टा । खलंगा–स्यार्पु २३ किमि जिपमा डेढ घन्टा । खलंगाबाट दिउसो ३.३० बजे बस छुट्छ । स्यार्पुबाट बिहान ७.१५ बजे छुट्छ । जिप खलंगा, रातामाटा, गिलबाङ छिम्खेत, बाँफीकोट हुँदै स्यार्पु पुग्छ । खलंगा–स्र्यापु पदयात्रा समय ५ घन्टा ।

Rara Lake Buddha Airरारा ताल

मुलुकको सबैभन्दा ठूलो ताल मुगुको रारा हो । सानो उपत्यकाको जंगल बीचमा छ ताल (२,९९० मिटर) । रारा १ सय ६७ मिटर गहिरो, ५.१ किमि लामो र २.७ किमि चौंडा छ । किनारको लम्बाइ १४.६ किमि छ जहाँ हिँडेर फन्को मार्न ४ घन्टा लाग्छ । 

तालमा डुँगा चढ्ने सुविधा छ, नुहाउन वा पौडी खेल्न पाइन्न । घोडा चढेर घुम्न सकिन्छ । तालबाट अढाई घन्टा उकालो चढे मुर्माटप पुगिन्छ जहाँबाट तालको सुन्दर दृश्य अवलोकन गर्न पाइन्छ । 

ताल किनारमा दुइटा होटल छन् । तालभन्दा बाहिर सल्लेरी र माझघट्टमा पनि केही होटल छन् । 

कसरी पुग्ने  (How to Reach)

 

  • काठमाडौंबाट सडक यात्राबाट तेस्रो दिनमा रारा । पहिलो बास नेपालगञ्ज, दोस्रो नाग्मामा र तेस्रो रारामा । नाग्मा–गमगढी सडकबाट सल्लेरीसम्म बसमा । त्यहाँबाट दुई घन्टामा ताल । सुर्खेतसम्म उडेर जाँदा दोस्रो दिनमै ताल पुगिन्छ । अथवा नेपालगन्ज-सुर्खेतबाट ताल्चा हवाई यात्रा ३५ मिनेट । ताल्चाबाट दुई घन्टा हिँडे रारा ।

Lotus in a Lakeघोडाघोडी ताल

झट्ट हेर्दा घोडाको टाप जस्तो देखिने भएकाले कैलालीको एउटा ताललाई घोडाघोडी भनिन्छ । ताल किनारको मन्दिरमा घोडाघोडीका मूर्ति छन् जहाँ विवाहपञ्चमी, शिवरात्री र माघीमा मेला लाग्छ । त्यहाँ डुँगा चढ्ने सुविधा छ । 

रामसारमा सूचीकृत ताल ७६.९ हेक्टरमा फैलेको छ । त्यहाँ चरा, गोही, अजिंगर, माछा, पुतली र कछुवा पाइन्छ । घोडाघोडी किनारमा भ्युटावर छ । मन्दिर वरपर अरु देवताका मूर्ति पनि छन् । बर्खामा ताल कमल फूलले ढाकिन्छ ।

राजमार्गसँग जोडिएको ताल किनारमा सामान्य चिया र खाजा सुविधा छ । त्यहाँ भन्दा ४ किमि टाढा माघि गाउँमा थारु समुदायले होमस्टे चलाएका छन् । घोडाघोडी घुमेर सुख्खड, महेन्द्रनगर, धनगढी वा चिसापानी बास बस्न पनि सकिन्छ ।

कसरी पुग्ने  (How to Reach)

 

  • काठमाडौं–धनगढी १ घन्टा १० मिनेट हवाई यात्रा । धनगढी विमानस्थलबाट ५५ किलोमिटर र चिसापानी पुलबाट करिब ३५ किमिमा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको छ घोडाघोडी ताल ।

khapar lakeखापर ताल

खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने खापर दहलाई खप्तड ताल पनि भनिन्छ । जंगल बीचमा मनमोहक ताल । त्यहाँ डुँगा छैन । नुहाउन वा पौडी खेल्न पाइन्न । तालको फन्को मार्न २५ मिनेट लाग्छ । 

निकुञ्ज २२५ वर्ग किमिमा फैलिएको छ । बाजुरा, डोटी, बझाङ र अछामको भूभाग समेटेर सरकारले ०४३ असार ९ गते निकुञ्ज बनाएको हो । त्यसको उचाइ १,२६२ देखि ३,२७६ मिटरसम्म छ । निकुञ्ज मुख्यालयबाट करिब डेढ घन्टामा खापर दह पुगिन्छ । 

खप्तडका बीचपानी र निकुञ्ज मुख्यालयमा सामान्य गेस्ट हाउस छ । त्यसैले यात्रामा निस्किँदा स्लिपिङ ब्याग साथमा बोक्नुपर्छ ।  

कसरी पुग्ने (How to Reach)

 

  • काठमाडौं–धनगढी ६५० किमि, बसमा १४ घन्टा । धनगढी–सिलगढी २०० किमि, बसमा ८ घन्टा । अथवा काठमाडौं–धनगढी १ घन्टा १० मिनेट हवाई यात्रा । डोटी सदरमुकाम सिलगढीबाट पदयात्रामा पहिलो बास झिग्राना र दोस्रो बास निकुञ्जको मुख्यालयस्थित गेष्ट हाउसमा ।

Kamal Lakeकमल ताल

ढकमक्क कमल फूल्छ पूर्वी रुकुमको कमल तालमा । पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटमा छ ताल । उत्तर दक्षिण फैलिएको ताल नेपालको नक्शा आकारमा छ । त्यसको गोलाई डेढ किमि छ । त्यहाँ माछा छैन । डुँगा चढ्ने सुविधा पनि छैन । 

मध्यपहाडी लोकमार्गसँग जोडिएको ताललाई २५ मिनेटमै फन्को मार्न सकिन्छ । तालको कुनामा बराह मन्दिर छ । तालमा जेठदेखि कात्तिकसम्म कमल फुल्छ । तालमा नुहाएमा रोगहरू निको हुने जनविश्वास छ । त्यहाँ शिवरात्री, चैते दसैं, तिज र बडादसैंमा मेला लाग्छ । 

ताल क्षेत्रमा बाहुनठाना र टाकुरा दुई गाउँ छन् । किनारमा केही होटल छन् ।

कसरी पुग्ने (How to Reach)

 

  • काठमाडौं–मुसिकोट बसमा १६ घन्टा । मुसिकोटबाट बिहान ६ देखि साँझ ४ बजेसम्म दुई–दुई घन्टामा रुकुमकोटका लागि जिप छुट्छ । काठमाडौंबाट रुकुमकोटका लागि सोझै बस पनि पाइन्छ ।

bulbule taal rukumबुलबुले ताल

सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा स्यानो पोखरी छ जहाँ पानी बुलबुल गरिरहन्छ । त्यसैले तालको नाउँ नै बुलबुले राखिएको । तालबाहिर १० वटा धारा छन् जहाँ सर्बसाधारण नुहाउँछन् । 

ताल क्षेत्रमा फूलबारी छ । फूलबारीको छेउमा पछि बनाइएको अर्को ठूलो ताल छ । त्यसलाई पनि बुलबुले नै भनिन्छ । ठूलो तालमा डुँगा चढ्ने सुविधा छ । ताल क्षेत्रमा गायत्रीको मन्दिर छ । 

वीरेन्द्रनगरबासिको गर्मी छल्ने उपयुक्त गन्तव्य बुलबुले उद्यान । वीरेन्द्रनगर बजारमा आधुनिक होटल, लज, रिसोर्ट र रेष्टुँरा छन् ।

कसरी पुग्ने (How to Reach)

 

  • काठमाडौं–सुर्खेत बसमा १२ घन्टा अथवा हवाईयात्रा १ घन्टा ।