अटिजम भएमा के गर्ने ?

अटिजम भएमा के गर्ने ?

उमेरअनुसार बालबालिकामा शारीरिक र मानसिक विकास नभएमा वा उनीहरूका अस्वाभाविक गतिविधि देखिएमा शङ्का गरिहालौं है, कतै अटिजम त भएको छैन ? बेलैमा अटिजम पहिचान गरेमा उनीहरूको जीवन सहज बनाउन सकिन्छ । अटिजम बालबालिकामा देखिने एक प्रकारको स्वास्थ्य समस्या हो । यसलाई ‘न्युरो डेभलोपमेन्ट डिसअर्डर’ भनिन्छ । मस्तिष्कमा स्नायु कोषहरूको सञ्जालले राम्रोसँग काम नगर्दा सामाजिक क्रियाकलाप, सञ्चार, सिप र कल्पनाशक्तिकोे विकासमा बाधा पुग्छ । त्यसैले अटिजम भएकाहरूमा फरक व्यवहार, स्वाभाव र क्रियाकलाप देखिन्छन् । अटिजम कुनै रोग होइन, मस्तिष्कको विशेष अवस्था हो । यसको मेडिकल औषधी छैन । बेलैमा पहिचान गरेमा जीवन सहज बनाउन सकिन्छ । विभिन्न किसिमका थेरापी र तालिम दिएर बालबालिकामा धेरै सुधार ल्याउन सकिन्छ । त्यसैले दुई वर्षभित्र हुने शारीरिक विकास, उनीहरूका क्रियाकलाप र सञ्चारका विषयमा मिहिन ढङ्गले अध्ययन गर्नुपर्छ । अटिजम किन हुन्छ भन्ने कारण पत्ता लागिसकेको छैन ।

Pragya Pradhann"छोरीमा अटिजम देखिएपछि ज्ञानेन्द्र प्रधान र प्रज्ञा प्रधानले ‘अभानी फाउन्डेसन’ खोलेर अटिजम भएका बालबालिकाको हितमा काम गर्दै आएका छन् । काठमाडौंकी प्रज्ञा र ज्ञानेन्द्रकी छोरी अभानी ९ वर्षकी भइन् । दुई वर्षको हुँदा उनमा अटिजम देखियो । त्यतिबेला ज्ञानेन्द्र व्यवसाय गर्थे । प्रज्ञा कलेजहरूमा आइ.टी. पढाउँथिन् । अब प्रज्ञाको जीवनको बाटो मोडियो । छोरीको विशेष स्याहार प्राथमिकतामा प¥यो । त्यसैले भारतमा ‘अभिभावक–बालबालिका तालिम’ लिइन् र अटिजम केयर नेपालमा डेढ वर्ष काम गरिन् । उनले अटिजम भएकाको सेवामा काम गर्ने निधो गरिन् । त्यसैले सन् २०१८ देखि ‘अभानी फाउन्डेसन’ चलाइन्, जहाँ अटिजम भएकाहरूका लागि दिवा सेवाका साथै विभिन्न थेरापी दिइन्छ ।"

बालबालिकामा जन्मजात यो समस्या आउँछ । अटिजमका क्षेत्रमा कार्यरत संस्था ‘अभानी फाउन्डेसन’की प्रमुख प्रज्ञा प्रधानका अनुसार यस्ता बालबालिकामा मुख्य तीन प्रकारका समस्या देखिन्छन् । पहिलो सञ्चार समस्या, दोस्रो व्यवहार दोहो¥याइरहने समस्या र तेस्रो सामाजिक नियम बुझ्न नसक्ने समस्या । बालबालिका ढिलो हिँडेमा, ढिलो बोलेमा वा नबोलेमा, कुनै पनि विषयमा ध्यान केन्द्रित नभएमा सचेत भइहाल्नु पर्छ । यस्ता बालबालिका सिधा आँखा जुधाएर कुराकानी गर्न सक्दैनन् । मनमा लागेका कुरा भन्न सक्दैनन् । एउटै खेलौना मात्र खेलिरहन्छन् । आनो उमेरका साथीसँग घुलमिल हुँदैनन् । चोटपटक लागेको थाहा पाउँदैनन् । पढाइमा केन्द्रित हुँदैनन् ।

अटिजमका लक्षणहरू

  •     बोलीमा ढिलाइ । 
  •     हात हल्लाउने, उफ्रिने, जिउ हल्लाउनेजस्ता दोहोरिरहने असामान्य व्यवहार । 
  •     एक्लै बस्न रुचाउने । 
  •     आँखामा आँखा जुधाएर कुरा नगर्ने । 
  •     कुनै कारणबिना हाँस्ने वा रुने । 
  •     बोलाउँदा नहेर्ने । 
  •     कुनै वस्तुसँग असामान्य लगाब देखाउने । 
  •     चाहेको सामान औंलाले देखाउन नसक्ने, ठुला मान्छेको हात समाएर देखाउने । 
  •     सुनेका शब्द वा वाक्यांश दोहो¥याउने वा एउटै शब्द दोहो¥याइरहने । 
  •     सधैं एउटै दिनचर्या रुचाउने ।

अरुलाई हानि पु¥याउन सक्छन् ।  अटिजमका लक्षण देखिएमा विज्ञहरूसँग तुरुन्तै परामर्श गरिहाल्नु पर्छ । अभिभावक र विशेषज्ञ मिलेर व्यावहारिक व्यवहार विश्लेषण थेरापी, अक्कुपेस्नल थेरापी, स्पिच थेरापी, सङ्गीत थेरापीबाट सुधार ल्याउन सकिन्छ । अनुकूल व्यवहार र सहज सिकाइको वातावरण बनाइदिनु पर्छ । यस्ता बालबालिकामा सुधार ल्याउन समय लाग्छ । उनीहरू बिस्तारै बुझ्दै र सिक्दै जान्छन् । काममा एकहोरो हुन्छन् । त्यसैले काम राम्रो गर्छन् । उनीहरू इमान्दार हुन्छन् ।  हरेक वर्ष अप्रिल २ का दिन संसारभर अटिजम सचेतना दिवस मनाइन्छ । 

यहाँबाट १३५ बालबालिकाले सेवा लिइरहेका छन् । यहाँ ४० जनाले रोजगारी पाएका छन् । प्रज्ञाले अमेरिकाको बिहेभियर एनलाइसिस सर्टिभिकेसन बोर्डबाट ‘बिहेभियर एनलाइसिस कोर्स’ उत्र्तीण गरेकी छिन् । यसरी अध्ययन र काम दुबैबाट उनी अटिजम विशेषज्ञ बनिसकिन् । उनीहरूकी छोरी अभानीमा हाइफङ्सनिङ अटिजम छ । उनमा धेरै सुधार आइसक्यो । अहिले उनी कक्षा ४ मा पढ्दै छिन् । प्रज्ञादम्पती अटिजम भएका सबै बालबालिकामा यस्तै सुधार ल्याउने अभियानमा छन् ।